BIZMANDU
www.bizmandu.com

विकास साझेदारसँग अर्थमन्त्री खनालको बैठक, आर्थिक सुधारका कार्यक्रममा सहयोग गर्न आग्रह

२०८२ असोज १०

विकास साझेदारसँग अर्थमन्त्री खनालको बैठक, आर्थिक सुधारका कार्यक्रममा सहयोग गर्न आग्रह
विकास साझेदारसँग अर्थमन्त्री खनालको बैठक, आर्थिक सुधारका कार्यक्रममा सहयोग गर्न आग्रह

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले दातृ निकायका प्रमुखसँग सरकारले आर्थिक सुधारका कार्यक्रमलाई तीव्रता दिने भन्दै विकास साझेदारहरुलाई सहयोगको आग्रह गरेका छन्।

Tata
GBIME
Nepal Life

उनले शुक्रबार मन्त्रालयमा विकास साझेदारहरुलाई बोलाएर जेनजीको आन्दोलनका क्रममा ठूलो भौतिक क्षति भएको भन्दै सरकारले अगाडि बढाउने आर्थिक सुधारमा साथ दिन आग्रह गरेका हुन्।

उनले आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा ठूलो आर्थिक क्षति भएको उल्लेख गर्दै मितव्ययीरुपमा पुनर्निर्माण अघि बढाइने बताए।

मन्त्री खनालले सरकार जनचाहनाअनुरुप पारदर्शी, जवाफदेही र विधिको शासन स्थापनामा प्रतिबद्ध रहेको भन्दै नेपालको आर्थिक तथा सामाजिक विकासमा सहयोग निरन्तर हुने अपेक्षा राखेको बताए।

बैठकमा संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक, यूएनएचसीआरका प्रतिनिधि, नेपालका लागि जापान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्वीट्जरल्याण्ड, फिनल्याण्ड र अष्ट्रेलियाका राजदूत, भारत, नर्वे, युरोपियन युनियन र विश्व खाद्य कार्यक्रममा प्रतिनिधि सहभागी थिए।

विकास साझेदारका प्रतिनिधिले नेपालको वर्तमान अवस्थाप्रति जानकार रहेको भन्दै सहयोगको प्रतिबद्धता जनाएका छन्। उनीहरूले चालु आयोजनालाई निरन्तरता दिन र थप कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको बताएको अर्थ मन्त्रालयले जनाएको छ।