BIZMANDU
www.bizmandu.com

एमसीसी परियोजनामा ११७ किमि प्रसारण लाइन बनाउन आशिष-बोज्लर जेभीसँग ठेक्का सम्झौता

२०८२ असोज १०

एमसीसी परियोजनामा ११७ किमि प्रसारण लाइन  बनाउन आशिष-बोज्लर जेभीसँग ठेक्का सम्झौता
एमसीसी परियोजनामा ११७ किमि प्रसारण लाइन बनाउन आशिष-बोज्लर जेभीसँग ठेक्का सम्झौता

काठमाडौं। एमसीसी परियोजना अन्तर्गत ११७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए नेपाल)ले काठमाडौंको लप्सीफेदी सबस्टेशनबाट नुवाकोटको रातमाटे हुँदै हेटौंडा सबस्टेशनसम्म ११७ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने जिम्मा आशिष-बोज्लर जेभीलाई दिएको छ।

अन्तर्राष्ट्रिय बोलकबोलको माध्यमबाट आशिष-बोज्लर जेभीलाई ७६६.५० लाख अमेरिकी डलरमा ठेक्का दिइएको हो।

योसँगै एमसीसी परियोजनाअन्तर्गत निर्माण गर्न लागिएको ३१५ किलोमिटर प्रसारण लाइनसम्बन्धी सम्पूर्ण सम्झौता सम्पन्न भएको छ। परियोजना कार्यान्वयनमा शुक्रबारको ठेक्का सम्झौतालाई महत्त्वपूर्ण उपलब्धि मानिएको छ।

एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल फ्रान्सिस्कोले परियोजना कार्यान्वयनका लागि पछिल्लो सम्झौता महत्त्वपूर्ण रहेको बताए।

एमसीए नेपालले रातमाटे सबस्टेशनदेखि नयाँ दमौली सबस्टेसनसम्म र त्यहाँदेखि नयाँ बुटवल सबस्टेशन हुँदै नेपाल-भारत सीमासम्म गरी १९८ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माणका लागि यसअघि नै सम्झौता गरिसकेको छ।

रातमाटे सबस्टेशन, नयाँ दमौली सबस्टेशन र नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी सम्झौता पनि भइसकेको छ।