काठमाडौं। नेपाल राष्ट्र बैंकले जेनजी आन्दोलनका क्रममा प्रत्यक्ष रुपमा प्रभावित उद्योग व्यवसायहरूलाई आधार दरमा ०.५ प्रतिशत ब्याजमै ऋण पाउने व्यवस्था गरेको छ।
राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै व्यवसाय संचालनमा आउने समयसम्मका लागि यो ब्याज लागू हुने व्यवस्था गरेको हो।
यस्तो कर्जाको स्वपुँजी अनुपात ८०:२० भन्दा बढी भएमा पनि नोक्सानी व्यवस्थापन गर्नु पर्दैन। एक वर्षपछि मात्र गरे हुन्छ।
राष्ट्र बैंकले आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा डाउन पेमेन्ट २० प्रतिशत मात्र राखे पुग्ने व्यवस्था गरेको छ।
अर्थ मन्त्रालय र राष्ट्र बैंकको संयुक्त कार्यदलको सुझावअनुसार नीतिहरूलाई सहज बनाइएको हो।