काठमाडौं। महालक्ष्मी विकास बैंकले वैदेशिक रोजगारबाट फर्किएका युवालाई लक्षित गरी व उद्यमी कर्जा योजना सञ्चालनमा ल्याएको छ।
बैंकले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सफल उद्यमी बनाउने भन्दै सस्तो ब्याजदरको कर्जा योजना ल्याएको हो।
वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति आवश्यक सीप र अनुभव पनि पर्याप्त लगानीको अभावका कारण चाहेको व्यवसाय गर्नबाट वञ्चित नहोउन भनेर कर्जा योजना सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।
कृषि, व्यापार, सेवा तथा उत्पादनमा आधारित व्यवसाय सञ्चालन गर्न चाहने त्यस्ता युवालाई बैंकले १० लाख देखी १ करोड रुपैयाँसम्म कर्जा दिनेछ।
कर्जाको अवधि न्यूनतम २ वर्ष देखि अधिकतम १५ वर्षसम्म हुने बैंकले जनाएको छ। यो करर्जा योजनाले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई आत्मनिर्भर बनाइ देशको आर्थिक विकासमा टेवा पुग्ने बैंकको विश्वास छ।