BIZMANDU
www.bizmandu.com

वालेटमा अब ४० पटक रकम जम्मा गर्न सकिने, राष्ट्र बैंकले दसैंका लागि बढायो ‘लिमिट’

२०८२ असोज १०

वालेटमा अब ४० पटक रकम जम्मा गर्न सकिने, राष्ट्र बैंकले दसैंका लागि बढायो ‘लिमिट’
वालेटमा अब ४० पटक रकम जम्मा गर्न सकिने, राष्ट्र बैंकले दसैंका लागि बढायो ‘लिमिट’

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीहरुले संचालन गरिरहेका वालेटमा राख्न सकिने रकमको सीमा अस्थायी रुपमा बढाएको छ।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै चाडपर्व लक्षित गरेर प्रयोगकर्ताले वालेटमा एकैदिनमा जम्मा गर्न सक्ने रकमको सीमा अस्थायी रूपमा बढाएको जनाएको हो।

अब प्रयोगकर्ताले एक दिनमा ४० पटकसम्म रकम जम्मा गर्न सक्नेछन्। यो व्यवस्था दसैंमा २०८२ असोज १३ गतेदेखि असोज २१ गतेसम्म लागू हुनेछ। यस्तै, तिहार र छठमा कात्तिक ३ गतेदेखि १० गतेसम्म पनि यही व्यवस्था लागू हुनेछ।

यसअघि वालेट प्रयोगकर्ताले एक दिनमा अधिकतम १० पटकसम्म मात्र रकम जम्मा गर्न पाउने व्यवस्था थियो।

निर्धारित अवधिमा सेवा प्रदायक कम्पनीहरुले प्रयोगकर्तालाई वालेटमार्फत सजिलो र सहज भुक्तानी सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।