BIZMANDU
www.bizmandu.com

दसैंमा पर्यटक भिसा खुला रहने, भिसा शाखा र एजेन्सी शाखाबाट सेवा प्रदान गरिने

२०८२ असोज ९

दसैंमा पर्यटक भिसा खुला रहने, भिसा शाखा र एजेन्सी शाखाबाट सेवा प्रदान गरिने
दसैंमा पर्यटक भिसा खुला रहने, भिसा शाखा र एजेन्सी शाखाबाट सेवा प्रदान गरिने

काठमाडौं। अध्यागमन विभागले बडादसैंको बिदामा पनि पर्यटक भिसा शाखा खुला रहने जनाएको छ। विज्ञप्ति जारी गर्दै विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवाहरु खुला रहने जानकारी गराएको हो।

Tata
GBIME
Nepal Life

असोज १६ गते विजयदशमीको दिन बाहेक अन्य दिनमा बिहान ११ देखि दिउँसो १ बजेसम्म पर्यटक भिसा सेवा उपलब्ध गराइने विभागले उल्लेख गरेको छ।

नेपाल पर्यटन बोर्डले पनि पर्यटक आवागमनलाई सहज तुल्याउन आफ्नो सेवालाई निरन्तरता दिने भएको छ। बोर्डले विदेशी पर्यटकलाई सेवा उपलब्ध गराउन दसैं अवधिभर छुट्टै सेल गठन गरी निश्चित कर्मचारी खटाएर सेवा दिने जनाएको छ।