BIZMANDU
www.bizmandu.com

दिल्ली शासित लद्दाखमा युवाहरुको विरोध प्रदर्शन, बीजेपी कार्यालयमा आगजनी

२०८२ असोज ८

दिल्ली शासित लद्दाखमा युवाहरुको विरोध प्रदर्शन,  बीजेपी कार्यालयमा आगजनी
दिल्ली शासित लद्दाखमा युवाहरुको विरोध प्रदर्शन, बीजेपी कार्यालयमा आगजनी

भारतको लद्दाखमा बुधबार प्रदर्शन गरिरहेका युवा र प्रहरीबीच झडप भएको छ। प्रदर्शनका क्रममा केन्द्रमा सत्ता चलारहेको भारतीय जनता पार्टी (बीजेपी) को कार्यालयमा आगजनी भएको छ।

Tata
GBIME
Nepal Life

लद्दाख केन्द्र शासित प्रदेश हो। त्यहाँ पछिल्लो केही सातादेखि पूर्ण राज्यको मान्यता माग गर्दै र संविधानको छैठौं अनुसूचीमा सहभागी गराउन भन्दै केही व्यक्तिहरु हड्तालमा थिए। यसको नेतृत्व पर्यावरणविद् सोनम वांगचुकले गरेका थिए।

बुधबार वांगचुकको समर्थनमा धेरै संख्यामा युवा लेहका सडकमा निस्किएका थिए। त्यसक्रममा प्रहरीसँग उनीहरुको झडप भयो र अवस्था नियन्त्रण बाहिर पुग्यो।  

प्रहरीले अवस्था सम्हाल्न अश्रु ग्यास र लाठी प्रहार गरेको थियो। प्रदर्शनका क्रममा कयौं गाडीहरु जलाइएको छ।

बीजेपी प्रदेश अध्यक्ष ताशी ग्यालसन खायूले लेहमा रहेको पार्टी कार्यालय जलाइएको र अवस्था तनावपूर्ण भएको बताएका छन्।

वाङ्चुकले भने शान्ति कायम राख्न अनुरोध गरेका छन्। उनले एक महिनाभन्दा बढी समयदेखि युवाहरु बेरोजगारीको विरुद्ध आवाज उठाइरहेको र केन्द्रले त्यसलाई नसुनेको बताएका छन्।