BIZMANDU
www.bizmandu.com

जेनजी आन्दोलनको ‘साइड इफेक्ट’ माओवादीमा, विशेष महाधिवेशन मंसिरमा गर्ने तयारी

२०८२ असोज ८

जेनजी आन्दोलनको ‘साइड इफेक्ट’ माओवादीमा, विशेष महाधिवेशन मंसिरमा गर्ने तयारी
जेनजी आन्दोलनको ‘साइड इफेक्ट’ माओवादीमा, विशेष महाधिवेशन मंसिरमा गर्ने तयारी

काठमाडौं। जेनजी आन्दोलनको ‘साइड इफेक्ट’ नेकपा (माओवादी केन्द्र)मा देखिएको छ। माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

माओवादीको स्थायी समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई महाधिवेशन आयोजक समितिको संयोजक तोक्ने र केन्द्रीय कमिटी भंग गर्ने निर्णय गरेको छ।

बैठकले बिहीबार बस्ने केन्द्रीय समिति बैठकका लागि प्रस्ताव तयार पारेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। ‘वर्तमान परिस्थितिका आधारमा केन्द्रीय कमिटी भंग गर्ने तथा अध्यक्षले यसको संयोजन गर्ने प्रस्ताव तयार भएको छ,’ सापकोटाले भने।

केन्द्रीय कमिटीको बैठकले विशेष महाधिवेशनको मिति तय गर्ने छ। केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि दलहरुमा नेतृत्व परिवर्तनको विषय उठिरहेको छ। प्रचण्डले विशेष महाधिवेशनबाट मात्रै नेतृत्व परिवर्तन गर्न सकिने ब्रिफिङ स्थायी कमिटिको बैठकमा गरेका छन्।

मंसिरभित्रै विशेष महाधिवेशन गर्ने माओवादी केन्द्रको तयारी छ। माओवादीमा अहिलेसम्म निरन्तर प्रचण्ड अध्यक्ष छन्। उनलाई पछिल्लो समय उपमहासचिव जनार्दन शर्माले अध्यक्ष छोड्न दबाब दिंदै आएका छन्।

माओवादी केन्द्रले प्रतिनिधि सभा विघटन भएर फागुन २१ गतेका लागि तोकिएको निर्वाचनका लागि आफू तयार रहेको बताएको छ। स्थायी समिति बैठकले सरकारलाई निर्धारित समयमै चुनाव गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको छ।