BIZMANDU
www.bizmandu.com

सुन ल्याएका भारतीय नागरिक विमानस्थलबाट पक्राउ, अस्पतालको एक्सरेबाट खुल्यो

२०८२ असोज ८

सुन ल्याएका भारतीय नागरिक विमानस्थलबाट पक्राउ, अस्पतालको एक्सरेबाट खुल्यो
सुन ल्याएका भारतीय नागरिक विमानस्थलबाट पक्राउ, अस्पतालको एक्सरेबाट खुल्यो

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्रबाट प्रहरीले सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

Tata
GBIME

करिब ८ सय ३५ ग्रामसहित भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी मंगलबार दिउँसो पक्राउ परेका हुन्। उनी इण्डिगो एयरको उडानमा मुम्बईबाट काठमाडौं आएका थिए। आगमन भन्सार एरियामा चेकजाँच गर्दा शंकाले लागेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

खानतलासीमा शंकास्पद वस्तु भेटिएन। त्यसपछि केएमसी अस्पतालमा पुर्‍याइएका उनको भिडियो एक्सरे गरियो, जसबाट उनको मलद्वारमा तीन वटा टुक्रामा सुन रहेको खुल्यो।

उनलाई आवश्यक अनुसन्धानको त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाएको प्रहरीले जानकारी दिएको छ।