BIZMANDU
www.bizmandu.com

साझा यातायातले दशैंभर काठमाडौं चितवन सेवा दिनेः एकतर्फी भाडा ३००, उभिएर यात्रा गर्न नपाइने

२०८२ असोज ७

साझा यातायातले दशैंभर काठमाडौं चितवन सेवा दिनेः एकतर्फी भाडा ३००, उभिएर यात्रा गर्न नपाइने
साझा यातायातले दशैंभर काठमाडौं चितवन सेवा दिनेः एकतर्फी भाडा ३००, उभिएर यात्रा गर्न नपाइने

काठमाडौं। साझा यातायातले दशैंको अवधिभरका लागि काठमाडौं चितवन बस सेवा सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

असोज ७ गते मंगलबारदेखि दशैंको पूर्णिमासम्म बस सेवा सञ्चालन हुने साझा यातायातले जनाएको छ। दैनिक बिहान ७ बजेदेखि १२ बजेसम्म बस छुट्नेछन्। प्रत्येक घण्टा बस छुट्नेछन्।

पुल्चोक साझा यातायातबाट निस्केर लगनखेल, कोटेश्वर, चक्रपथ, गोंगबु, कलंकी हुँदै बस छुट्नेछन्।

एकतर्फी भाडा ३०० रुपैयाँ निर्धारण भएको छ। सिटबाहेक उभिएर यात्रा गर्न नपाइने साझा यातायात सहकारी संस्थाले सूचनामा जनाएको छ।