BIZMANDU
www.bizmandu.com

चाडपर्वले बढ्यो आयात, भदौमा भित्रियो १६२ अर्बको वस्तु, पहिलो नम्बरमा भटमासको कच्चा तेल

२०८२ असोज ७

चाडपर्वले बढ्यो आयात, भदौमा भित्रियो १६२ अर्बको वस्तु, पहिलो नम्बरमा भटमासको कच्चा तेल
चाडपर्वले बढ्यो आयात, भदौमा भित्रियो १६२ अर्बको वस्तु, पहिलो नम्बरमा भटमासको कच्चा तेल

काठमाडौं। चाडपर्वका कारण भदौमा आयात बढेको छ। भदौमा १ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँको वस्तु आयात भएको छ। यो आयात साउनको तुलनामा १९ अर्ब रुपैयाँले बढी हो।

Tata
GBIME
Nepal Life

चीनसँगका मुख्य दुई व्यापारिक नाका रसुवा र तातोपानी बन्द भएको अवस्थामा पनि आयात बढेको हो। कोदारीको पहिरो हटाएपछि तातोपानी नाका सोमबारबाट सञ्चालनमा आएको छ।

भन्सार विभागको तथ्यांक अनुसार आयात पोहोरको तुलनामा १६.२३ प्रतिशतले बढेको छ। पोहोर पहिलो दुई महिनामा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँको वस्तु आयात भएकामा यसपालि सोही अवधिमा ३ खर्ब ५ अर्बको वस्तु भित्रिएको छ।

आयात धेरै हुनेमा भटमासको कच्चा तेल पहिलो नम्बरमा छ। भटमासको कच्चा तेल १७ अर्ब ४० करोड रुपैयाँको आयात भएको छ। भटमासको कच्चा तेल अर्जेन्टिनाबाट ११ करोड ५० लाख ४१ हजार ५६२ लिटर भित्रिएको हो।

यस्तै निर्यात पनि ८८.५७ प्रतिशतले उकालो लागेको छ। दुई महिनामा ४७ अर्ब ३१ करोडको वस्तु निर्यात भएको छ।