काठमाडौं। कामना सेवा विकास बैंक र युनिभर्सल पावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ। दुई कम्पनीको सेयर मूल्य नेप्सेले मंगलबार समायोजन गरेको हो।
समायोजनपछि कामना सेवा विकास बैंकको सेयर मूल्य प्रति कित्ता ४७७.७३ रुपैयाँ कायम भएको छ। मंगलबार बैंकको सेयर अन्तिममाप्रति कित्ता ५२५.५० रुपैयाँमा कारोबार भएको थियो।
बुधबार अब समायोजित मूल्यमा कारोबार खुल्नेछ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो।
मूल्य समायोजनपछि युनिभर्सल पावरको सेयर प्रति कित्ता ३८०.२८ रुपैयाँ कायम भएको छ। कम्पनीले लगानीकर्तालाई पोहोरको मुनाफाबाट ९ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ।