BIZMANDU
www.bizmandu.com

एनआइसी एसिया बैंकका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट

२०८२ असोज ७

एनआइसी एसिया बैंकका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट
एनआइसी एसिया बैंकका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट

काठमाडौं। एनआइसी एसिया बैंकका ग्राहकले नवलपरासीको बर्दघाटस्थित लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट पाउने भएका छन्।

Tata
GBIME
Nepal Life

बैंकले आफ्ना ग्राहकलाई छुटउपलब्ध गराउन रिसोर्टसँग सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका ग्राहकले रिसोर्ट छुट सुविधाका लागि डिजिटल भुक्तानी गर्नुपर्नेछ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्ने एनआइसी एसियाका ग्राहकले रिसोर्टको सेवामा १० प्रतिशत छुट पाउनेछन्।

रिसोर्टसँगको सम्झौताले डिजिटल भुक्तानी प्रवर्धनमा सहयोग पुग्ने बैंकको विश्वास छ।