BIZMANDU
www.bizmandu.com

जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिले लगानीकर्ताको मनोबल घट्यो : सीएनआई अध्यक्ष पाण्डे

२०८२ असोज ७

जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिले लगानीकर्ताको मनोबल घट्यो : सीएनआई अध्यक्ष पाण्डे
जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिले लगानीकर्ताको मनोबल घट्यो : सीएनआई अध्यक्ष पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिका कारण लगानीकर्ताको मनोबल घटेको बताएका छन्। आन्दोलनले निजी र सार्वजनिक संरचनाहरु ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको उनले बताएका हुन्।

Tata
GBIME
Nepal Life

नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा पाण्डेले  आन्दोलनका कारण कूल ग्राहस्थ उत्पादन (जीडीपी)को ५ प्रतिशत नोक्सान भएको जानकारी दिए।

‘उद्योगहरुमा कुल जीडीपीको ५ प्रतिशत असर पुगेको छ। लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्वपूर्ण कुरा हो। लगानीकर्तालाई सुरक्षा दिनका लागि सरकारले काम गर्नुपर्छ। अब छिट्टै माथि उठ्नका लागि वित्त र मौद्रिक नीतिबाट केकस्तो सुविधा दिन सकिन्छ, सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक छ,’ उनले भने।

उनले अब अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नु पर्ने धारणा राखे। ठूला उद्योगका लागि एउटा निश्चित समय निर्धारण तोकेर सहुलियत दिनसक्नुपर्ने सुझाव उनको छ।

‘सीएनआईले विभिन्न कानुनमा सुधार गर्नका लागि सुझाव दिएको छ,  छरितो र बुझ्न सक्ने कानुन बनाउन जरुरी छ,’ उनले भने।

उनका अनुसार अब शिक्षा प्रणालीलाई पनि सुधार गर्नु आवश्यक देखिएको छ। ‘शिक्षामा लगानी छ तर, त्यसको प्रतिफल कम छ। केकस्ता सुविधा दिएर काम गर्न सकिन्छ भनेर सल्लाह गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने।

उनले केही समयअघि ज्वाइन्ट भेन्चरको लगानी आउन लागेको जानकारी दिँदै जेनजी आन्दोलनले त्यो लगानी रोकिएको बताए।  उनले केही महत्वपूर्ण प्राथमिकताका क्षेत्रहरु निर्धारण गरेर ती क्षेत्रमा काम गर्न जरुरी रहेको सुनाए। उनले उर्जा, पर्यटन, शिक्षा र कृषि लगायतका क्षेत्रमा अब काम गर्न आवश्यक रहेको धारणा राखे।