काठमाडौं । पहिरोको कारण पृथ्वी राजमार्ग फेरि पूर्ण रूपमा अवरुद्ध भएको छ। गए रातिदेखि पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको नागढुंगा मुग्लिन सडक योजनाले जनाएको छ।
पृथ्वी राजमार्गको धादिङतर्फ जवाङ खोला नजिकैखपहिरो खसेको जनाइएको छ। बाटो खुलाउन कम्तीमा ५-६ घण्टा लाग्ने जनाइएको छ।
अहिले भने पहिरो हटाउने काम सुरु भइसकेको छ।
पछिल्लो समय पहिरो जाने क्रम बढेसँगै राजमार्गको यात्रा कठिन हुँदै गएको छ।
सडक एकतर्फी सञ्चालनमा (अपडेट : ९ बजे)
तुइन खोला नजिक झरेको पहिरो हटाएपछि सडक एकतर्फी सञ्चालनमा आएकाे छ। ढुंगा झर्ने क्रम जारी नै रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
उता मुग्लिन-नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ खाेला नजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध छ। वैकल्पिक सडक हुँदै सुरक्षित यात्रा गर्न डिभिजनले आग्रह गरेको छ।