BIZMANDU
www.bizmandu.com

जेनजीको आन्दोलनमा भएको सम्पत्ति क्षतिमा बीमा दाबी रकम २२ अर्ब नाघ्यो, कुन कम्पनीमा कति?

२०८२ असोज ६

जेनजीको आन्दोलनमा भएको सम्पत्ति क्षतिमा बीमा दाबी रकम २२ अर्ब नाघ्यो, कुन कम्पनीमा कति?
जेनजीको आन्दोलनमा भएको सम्पत्ति क्षतिमा बीमा दाबी रकम २२ अर्ब नाघ्यो, कुन कम्पनीमा कति?

काठमाडौं। जेनजीको आन्दोलनका क्रममा भएको क्षतिमा बीमा दाबी रकम २२ अर्ब नाघेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार असोज ५ गतेसम्म २२ अर्ब २५ करोड रुपैयाँको दाबी परेको छ।

Vigo
GBIME
Tata

प्राधिकरणले डेढ दर्जन निर्जीवन बीमा कम्पनीमा २४७८ वटा वटा दाबी परेको जनाएको छ।

भदौ २३ र २४ गतेको आन्दोलनका कारण सरकारी र निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो। आन्दोलनका कारण सम्पत्तिमा आगजनी हुँदा ठूलो क्षति पुगेको छ।

इन्स्योरेन्समा परेको दाबी निजी सम्पत्तिको मात्र हो। सरकारी संरचनाको इन्स्योरेन्स छै‌न।

ओरियन्टल इन्स्योरेन्समा सबैभन्दा धेरै ५ अर्ब २२ करोड ९८ लाख रुपैयाँ बीमा दाबी परेको छ। यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ५ अर्ब ८ करोड २८ लाख रुपैयाँको २७९ वटा दाबी परेको प्राधिकरणको तथ्यांक छ।

सम्पत्ति बीमातर्फ १८ अर्ब ६१ करोड र मोटर बीमातर्फ २ अर्ब ९५ करोड रुपैयाँ दाबी परेको छ।