काठमाडौं । आजदेखि बडा दसैं प्रारम्भ भएको छ। पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको छ।
हनुमानढोका स्थित दसैंघरमा पनि आज घटस्थापनाको साइत ०९:१३ बजे विधिपूर्वक घडा स्थापना गरी शक्तिस्वरुपा दुर्गाको आह्वान गरिएको छ।

आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ।



