BIZMANDU
www.bizmandu.com

भुटानी शरणार्थी प्रकरण अनुसन्धान गरेका केसीलाई सिआइबीको जिम्मेवारी, गृहमन्त्रीको प्रस्तावमा सरुवा

२०८२ असोज ५

भुटानी शरणार्थी प्रकरण अनुसन्धान गरेका केसीलाई सिआइबीको जिम्मेवारी, गृहमन्त्रीको प्रस्तावमा सरुवा
भुटानी शरणार्थी प्रकरण अनुसन्धान गरेका केसीलाई सिआइबीको जिम्मेवारी, गृहमन्त्रीको प्रस्तावमा सरुवा

काठमाडौं। सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको प्रमुखमा डा मनोज केसीलाई सरुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले केसीलाई सीआइबीमा सरुवा गरेको हो।

Tata
GBIME
Nepal Life

सीआइबी प्रमुखको पद केही समययता खाली थियो। डीआइजी गोविन्द थपलियाले कायममुकायम प्रमुखकको रुपमा काम गर्दै आएका थिए। केसी नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरेका अधिकृत हुन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहबारे केसीको नेतृत्वमा अनुसन्धान भएको थियो । शरणार्थी प्रकरण अनुसन्धानमा केसीले लिएको सक्रियतालाई कांग्रेस -एमाले गठबन्धनले रुचाएको थिएन। जसकारण केसीको सरुवा भएको थियो।

अघिल्लो सरकारले यस प्रकरणको फाइल नै बन्द गर्न लगाइ केसीलाई सरुवा गरेको थियो। केसीको सरुवालाई लिएर प्रश्न उठेपछि तत्कालीन गृहमन्त्री रमेश लेखकले निक्कै हल्का जवाफ दिएका थिए।

केसीलाई गृहमन्त्री ओमप्रकाश अर्यालको प्रस्तावमा सीआइबी प्रमुख बनाइएको हो।