BIZMANDU
www.bizmandu.com

जुट फेसनका कपडा अनलाइनबाट किन्न पाइने, सोमबारदेखि संचालनमा ल्यायो वेबसाइट

२०८२ असोज ५

जुट फेसनका कपडा अनलाइनबाट किन्न पाइने, सोमबारदेखि संचालनमा ल्यायो वेबसाइट
जुट फेसनका कपडा अनलाइनबाट किन्न पाइने, सोमबारदेखि संचालनमा ल्यायो वेबसाइट

काठमाडौं। नेपाली ब्राण्ड जुट फेसनले अनलाइनमार्फत तयारी पोशाक किन्न मिल्ने सुविधा ल्याएको छ।

Vigo
GBIME
Tata

कम्पनीले आफ्नै ईकमर्स पोर्टल सोमबारदेखि संचालनमा ल्याउँदैछ, जुनमार्फत अनलाइन अर्डर र खरीद गर्न सकिने विज्ञप्तिमा जनाएको छ।

अनलाइनमार्फत कारोबार गर्ने बढ्दो ट्रेण्डलाई हेरेर वेबसाइट सुरु गरेको कम्पनीका सीइओ श्यामरत्न मालीले जानकारी दिए।

उनका अनुसार ग्राहकले जुट फेसनका सर्ट, ट्राउजर, पाइन्ट, ज्याकेट लगायतका सामान अर्ड गर्न सक्नेछन्। कम्पनीले चाडपर्वलाई लक्षित गर्दै ३५ प्रतिशतसम्म छुट दिएको छ। कम्पनीले पहिलो अर्डरमा पाँच प्रतिशत छुट दिएको जनाएको छ।