काठमाडौं। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएको छ।
कम्पनीले यसका लागि मर्जर कमिटी गठन गरेको छ। कम्पनीले सञ्चालक लक्ष्मण प्रसाद जैसीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।
समितिमा अर्का सञ्चालक युवराज क्षेत्री सदस्य र प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेल सदस्यसचिव छन्।
समितिलाई अन्य लघुवित्तसँग मर्जर गर्ने वा प्राप्ति गर्ने विषयमा गृहकार्य गर्नेछ।