BIZMANDU
www.bizmandu.com

आईटीसीको नेपालमा लगानी योजना यथावत, ‘परिस्थितिअनुसार रणनीति बनाउनुपर्छ’

२०८२ असोज ४

आईटीसीको नेपालमा लगानी योजना यथावत, ‘परिस्थितिअनुसार रणनीति बनाउनुपर्छ’
आईटीसीको नेपालमा लगानी योजना यथावत, ‘परिस्थितिअनुसार रणनीति बनाउनुपर्छ’

काठमाडौं। भारतीय बहुराष्ट्रिय कम्पनी आईटीसी लिमिटेडले नेपालमा हालको राजनीतिक घटनाक्रमका बाबजुद आफ्नो दीर्घकालीन लगानी योजना जारी राख्ने जनाएको छ। कम्पनीको एफएमसीजी (छिटो बिक्री हुने उपभोग्य वस्तु) र होटल क्षेत्रमा विस्तार योजना समयअनुसार अघि बढ्ने अध्यक्ष तथा प्रबन्ध निर्देशक संजिव पुरीले बताएका छन्।

Tata
GBIME
Nepal Life

नेपालमा आईटीसी लिमिटेडको उपस्थिति मुख्यतया एफएमसीजी र होटल क्षेत्रमा छ। यस अन्तर्गत कम्पनीका प्रमुख ब्राण्डहरू फेयर एण्ड लभली, सनफिल्टर, विभिन्न आईटीसी चिया ब्राण्ड छ। उक्त कम्पनीको लगानी चुरोट उत्पादक सूर्य नेपालमा छ। होटल क्षेत्रमा आईटीसी होटल्समार्फत आतिथ्य सेवा सञ्चालन गर्दै आएको छ।

‘हालैको अस्थिरताले आईटीसीको नेपाल लगानी योजना कुनै रूपमा प्रभावित गरेको छैन। अहिले अवस्था सुधार हुँदै गएको छ,’ उनले भनेका छन्। विश्वव्यापी रूपमा अनिश्चितता र व्यवधान बढ्दै गएको उल्लेख गर्दै उनले व्यवसायले त्यसअनुसार अनुकूल हुनुपर्ने बताए।

उनले भने, ‘अनिश्चितता र व्यवधान सबै ठाउँमा देखिन्छ। यो व्यवसाय वा जीवनयापनका लागि राम्रो होइन, तर आजको संसारमा प्रगतिका लागि यसलाई सामना गर्दै अघि बढ्नै पर्छ।’

नेपालमा हालको व्यापारिक वातावरणलाई उनले अत्यन्त जटिल बताए। तथापि कम्पनीहरूले उथलपुथल, अनिश्चितता, छिटो हुने परिवर्तन सामना गर्दै नवीन रणनीतिमा अघि बढ्ने सीप सिक्नुपर्ने तर्क उनले गरेको इकोनोमिक टाइम्सले समाचारमा उल्लेख गरेको छ।

उनले वैश्विक भू‑राजनीति र भू‑अर्थनीति यस किसिमका व्यवधानका मुख्य चालक भएको साथै जलवायु परिवर्तनको प्रभाव बढ्दै गएको पनि औंल्याए। पुरीले थपे, ‘नियमहरू कडाइ भइरहेका छन् र गैर‑शुल्क सम्बन्धी अवरोधहरू पनि बढ्दै छन्।’

आईटीसी नेपालमा आफ्नो दीर्घकालीन योजना निरन्तर राख्दै, बजारको चुनौती र अस्थिरता पार गर्दै अगाडि बढ्ने लक्ष्यमा दृढ छ।