BIZMANDU
www.bizmandu.com

नेपाल र वेस्ट इण्डिजबीचको सिरिजका लागि टिकट खुला, मूल्य करिब २१ सयदेखि १७ हजारसम्म

२०८२ असोज ३

नेपाल र वेस्ट इण्डिजबीचको सिरिजका लागि टिकट खुला, मूल्य करिब २१ सयदेखि १७ हजारसम्म
नेपाल र वेस्ट इण्डिजबीचको सिरिजका लागि टिकट खुला, मूल्य करिब २१ सयदेखि १७ हजारसम्म

काठमाडौं। यूएईमा हुने युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि टिकट बुकिङ खुला भएको छ। नेपाल क्रिकेट संघले स्टेडियमका विभिन्न क्षेत्रअनुसारको टिकट शुल्क तोकेको हो।

Tata
GBIME
Nepal Life

स्टेडियममा गेट-४ बाट जाने नर्थवेस्ट र नर्थ इस्ट स्ट्याण्डका लागि टिकट शुल्क ५४ एइडी तोकिएको छ। यसमा ५० एइडी टिकट शुल्क हो भने ४ एइडी प्लेटफर्म फी र रिफन्ड ग्यारेन्टी चार्ज हो। यो करिब २१ सय नेपाली रुपैयाँ हुन आउँछ। यो सबैभन्दा कम शुल्कको टिकट हो।

त्यस्तै, सबैभन्दा महँगो टिकट वेस्ट पभेलियन सुटको छ। यसको शुल्क अतिरिक्तसहित ४३२ एइडी तोकिएको छ। अर्थात यो रकम करिब १७ हजार रुपैयाँ हुन आउँछ।

त्यस्तै, गेट-३ का गोल्ड पभेलियन र प्लाटिनियम पभेलियनको शुल्क १०८ एइडी (करिब ४१ सय नेपाली रुपैयाँ) तोकिएको छ। इस्ट स्ट्याण्ड र वेस्ट स्ट्याण्डका लागि ६४.८० एइडी (करिब २५ सय रुपैयाँ) शुल्क छ।

नेपाल र वेस्ट इण्डिजबीच शारजाह क्रिकेट मैदानमा असोज ११, १३ र १४ गते खेल हुनेछ। नेपालले पहिलो पटक टेस्ट मान्यताप्राप्त टोलीसँग बाइल्याट्रल सिरिज खेल्न लागेको हो।