BIZMANDU
www.bizmandu.com

कीर्तिपुरमा एनपीएल चल्दा त्रिपुरेश्वरमा यी पाँच टोलीले खेल्नेछन् साफ क्लब च्याम्पियनसिप

२०८२ असोज ३

कीर्तिपुरमा एनपीएल चल्दा त्रिपुरेश्वरमा यी पाँच टोलीले खेल्नेछन् साफ क्लब च्याम्पियनसिप
कीर्तिपुरमा एनपीएल चल्दा त्रिपुरेश्वरमा यी पाँच टोलीले खेल्नेछन् साफ क्लब च्याम्पियनसिप

काठमाडौं। दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले महिला क्लब च्याम्पियनसिप खेल्ने टोलीको टुंगो लगाएको छ। दक्षिण एसियाका माल्दिभ्स र श्रीलंका बाहेकका ५ देशका टोलीले काठमाडौंमा हुने यो प्रतियोगिता खेल्नेछन्।

Tata
GBIME
Nepal Life

साफ क्लब च्याम्पियनसिपमा नेपालबाट एपीएफ, भारतबाट इस्ट बेङ्गल, बंगलादेशबाट नस्रिन स्पोर्ट्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड र पाकिस्तानबाट कराँची सिटी फुटबल क्लबले सहभागिता जनाउने छन्।

यो प्रतियोगिता मंसिर १९ गतेबाट पुस २० गतेसम्म चल्नेछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यो प्रतियोगिता सुरु हुँदा नेपाली खेलकुदमा नेपाल प्रिमियर लिग (एनपीएल)को माहोल हुनेछ। एनपीएल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंसिर १ गतेबाट सुरु गर्ने तालिका छ।