BIZMANDU
www.bizmandu.com

सडक निर्माणको लागि लेखा अधिकृतले १ लाख रुपैयाँ घुस लिए, अख्तियारले रंगेहात समात्यो

२०८२ असोज ३

सडक निर्माणको लागि लेखा अधिकृतले १ लाख रुपैयाँ घुस लिए, अख्तियारले रंगेहात समात्यो
सडक निर्माणको लागि लेखा अधिकृतले १ लाख रुपैयाँ घुस लिए, अख्तियारले रंगेहात समात्यो

काठमाडौं। घुस लिएको आरोपमा अख्तियार अनुसन्धान आयोगको टोलीले एक कर्मचारीलाई पक्राउ गरेको छ।

Tata
GBIME

दैलेख, डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौं तह) टंक बहादुर कार्कीलाई बिहीबार रकम सहित पक्राउ गरेको हो। डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस रकम मागेका थिए।

उनले लिएको १ लाख रुपैयाँ घुस सहित वीरेन्द्र नगरपालिका वडा नम्बर ८ मंगलगढी चोकबाट पक्राउ गरिएको हो।