BIZMANDU
www.bizmandu.com

च्याङ्ग्राको भाउ यसपालि नबढ्ने, व्यापारी भन्छन्- प्रति केजी १२०० भन्दा माथि पुग्दैन

२०८२ असोज २

च्याङ्ग्राको भाउ यसपालि नबढ्ने, व्यापारी भन्छन्- प्रति केजी १२०० भन्दा माथि पुग्दैन
च्याङ्ग्राको भाउ यसपालि नबढ्ने, व्यापारी भन्छन्- प्रति केजी १२०० भन्दा माथि पुग्दैन

काठमाडौं। यो वर्ष च्याङ्ग्राको भाउ महँगो नहुने भएको छ। व्यवसायीहरुले जिउँदो च्याङ्ग्राको मूल्य प्रति किलो १२०० रुपैयाँभन्दा माथि नहुने बताएका छन्।

Tata
GBIME
Nepal Life

जेनजी आन्दोलनका क्रममा भएको हिंसा र ध्वंशले मानिसहरुको मनोबल खस्किएका कारण व्यवसायीहरु यसपालि बजारमा च्याङ्ग्रा धेरै ल्याउने पक्षमा छैनन्।

‘यसपालि च्याङ्ग्रा प्रशस्त छन्। त्यसैले भाउ प्रति किलो १२०० रुपैयाँभन्दा माथि हुँदैन,’ काठमाडौं उपत्यकामा मुस्ताङबाट च्याङ्ग्रा भित्र्याउने व्यापारी जगत थापाले भने, ‘देशको अहिलेको अवस्थाले धेरै बिक्री होला जस्तो लागेको छैन। त्यसैले धेरै ल्याउँदिन।’

व्यापारीहरुले पोहोर प्रति किलो १२०० देखि १२५० रुपैयाँसम्मका दरले च्याङ्ग्रा बेचेका थिए। थापाका अनुसार व्यापारीले यसपालि च्याङ्ग्रा धेरै किनेका छैनन्।

‘पोहोर १ हजार देखि १२०० वटा च्याङ्ग्रा ल्याएका व्यापारीले यसपालि ३०० देखि ५०० को बीचमा मात्र किनेका छन्। व्यापारीमा बिक्री हुँदैन कि भन्ने चिन्ता छ,’ थापाले भने। थापाले पोहोर ५०० वटा च्याङ्ग्रा बेचेकामा यसपालि २०० वटाभन्दा किनेका छैनन्।

मुस्ताङबाट उपत्यकामा यसपालि ४ देखि ५ हजार च्याङ्ग्रा भित्रिने व्यापारीहरुको अनुमान छ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले त यसपालि च्याङ्ग्रा नै नबेच्ने भएको छ। पोहोर च्याङ्ग्रा बेच्न धौधौ परेपछि कम्पनीले यसपालि नल्याउने भएको हो।