BIZMANDU
www.bizmandu.com

सभामुख घिमिरेले खरानी बनेको संसद् भवन पुगेर भने- सबै मिलेर उठाउनुपर्छ

२०८२ असोज २

सभामुख घिमिरेले खरानी बनेको संसद् भवन पुगेर भने- सबै मिलेर उठाउनुपर्छ
सभामुख घिमिरेले खरानी बनेको संसद् भवन पुगेर भने- सबै मिलेर उठाउनुपर्छ

काठमाडौं। सभामुख देवराज घिमिरेले जेनजीको आन्दोलनका क्रममा खरानी बनेको संसद् भवनको अवलोकन गरेका छन्।

Tata
GBIME
Nepal Life

उनले बिहीबार उपसभामुख इन्दिरा राना तथा एमाले र कांग्रेसका सांसदसहित क्षतिग्रस्त संसद् भवनको अवलोकन गरेका हुन्।

सभामुख घिमिरे जेनजीको आन्दोलनपछि बिहीबार पहिलोपटक सार्वजनिक रुपमा देखिएका हुन्। उनी प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरुको शपथग्रहण कार्यक्रममा समेत अनुपस्थित भएका थिए।

सभामुख घिमिरेसँगै नेपाली कांग्रेसका श्याम घिमिरे, एमालेका महेश बर्तौला, दीपा शर्मा लगायत नेता पनि संसद् भवन पुगेका थिए। सभामुख घिमिरेले देशले व्यहोरेको पीडाबाट उठ्न सबै एकताबद्ध हुनुपर्ने बताए।

‘देशले व्यहोरेको पीडा दु:खद छ। तर, सबै मिलेर उठाउने जिम्मेवारी हाम्रो हो,’ उनले भने, ‘व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि भएका आक्रमणले गम्भीर परिस्थिति सिर्जना भएको छ। अब सबै क्षेत्र पुनर्निर्माणतर्फ अघि बढ्नुपर्ने बेला आएको छ।’