BIZMANDU
www.bizmandu.com

राजस्व अब अन्तर्राष्ट्रिय कार्डबाट पनि तिर्न मिल्ने, राजस्व व्यवस्थापन सूचना प्रणालीमा आवद्ध

२०८२ असोज २

राजस्व अब अन्तर्राष्ट्रिय कार्डबाट पनि तिर्न मिल्ने, राजस्व व्यवस्थापन सूचना प्रणालीमा आवद्ध
राजस्व अब अन्तर्राष्ट्रिय कार्डबाट पनि तिर्न मिल्ने, राजस्व व्यवस्थापन सूचना प्रणालीमा आवद्ध

काठमाडौं। सरकारले अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व तिर्न मिल्ने व्यवस्था गरेको छ। महालेखा नियन्त्रक कार्यालयले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई आवद्ध गरेको हो।

Tata
GBIME
Nepal Life

अर्थमन्त्री रामेश्वर खनालले बिहीबार काठमाडौंमा एक समारोहबीच राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली अनतर आवद्धताको शुभारम्भ गरेका छन्।

कार्यालयले भदौ १८ देखि परीक्षणका रुपमा सुरु गरेको थियो। त्यसयता असोज १ सम्म ३७७ वटा कारोबार भएको छ। अध्यागमन विभाग मार्फत कार्यान्वयन भएको अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट २३ लाख ९५ हजार ८२० रुपैयाँ राजस्व संकलन भएको छ।

राजस्व संकलनलाई द्रुत र अन्तर्राष्ट्रिय पहुँचयोग्य, सेवाग्राहीमैत्री बनाउन, अन्तर्राष्ट्रियस्तरमा विश्वास वृद्धि गर्न योप्रणाली सुरु गरिएकोकार्यालयले जनाएको छ। भुक्तानी सहजताका कारण विदेशी पर्यटकको संख्या बढ्ने सरकारको विश्वास छ।