BIZMANDU
www.bizmandu.com

मुक्तिनाथ विकास बैंकले लगानीकर्तालाई १८.२०% लाभांश दिने, बोनस सेयर १३.५३%

२०८२ असोज २

मुक्तिनाथ विकास बैंकले लगानीकर्तालाई १८.२०% लाभांश दिने, बोनस सेयर १३.५३%
मुक्तिनाथ विकास बैंकले लगानीकर्तालाई १८.२०% लाभांश दिने, बोनस सेयर १३.५३%

काठमाडौं। मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १८.२० प्रतिशत लाभांश घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। बैंकको चुक्ता पुँजी हाल ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ छ।

प्रस्तावित लाभांश बैंकका सेयरधनीले नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारण सभाले अनुमोदन गरेपछि पाउनेछन्।