BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ बजार कारोबार?

२०८२ असोज १

माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ बजार कारोबार?
माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ बजार कारोबार?

काठमाडौं। माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले मंगलबार बैंकको सेयर मूल्य समायोजन गरेको हो।

Tata
GBIME
Nepal Life

समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता २३८.४२ रुपैयाँ कायम भएको छ। भदौ २३ गतेको अन्तिम कारोबार दिन बैंकको सेयर मूल्य प्रति कित्ता २४८.३७ रुपैयाँमा कारोबार भएको थियो।

समायोजनपछि कायम मूल्यमा बिहीबार बैंकको सेयर कारोबार खुल्नेछ। माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

बैंकले लाभांश वितरण प्रयोजनका लागि भदौ २७ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोज अघि कायम सेयरधनीले बैंकको लाभांश पाउनेछन्।

लाभांश प्रस्ताव पारित गर्न बैंकले २७ औं वार्षिक साधारण सभा असोज १० गतेका लागि तय गरेको छ। बैंकले साधारण सभामा ६ वटा समान्य र ५ वटा विशेष प्रस्ताव पेस गर्दैछ।

सञ्चालक समितिले निर्णय गरे बमोजिम चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव साधारण सभाबाट पारित गर्दैछ।

सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूहका तर्फबाट रिक्त सदस्य पदमा साबिक सञ्चालकको बाँकी कार्यकालसम्मका लागि गरिएको नियुक्ति अनुमोदन गरिने बैंकले जनाएको छ।

बैंकले अंकित मूल्य १०० रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ‘८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने तालिका छ। बैंकले अधिकृत पुँजी १५ अर्बबाट २० अर्ब रुपैयाँ पुऱ्याउने भएको छ।