BIZMANDU
www.bizmandu.com

सुशीला कार्कीको पहिलो कूटनीतिक भेट, सिंहदरबारमा भारतीय राजदूत श्रीवास्तवसँग छलफल

२०८२ भदौ ३१

सुशीला कार्कीको पहिलो कूटनीतिक भेट, सिंहदरबारमा भारतीय राजदूत श्रीवास्तवसँग छलफल
सुशीला कार्कीको पहिलो कूटनीतिक भेट, सिंहदरबारमा भारतीय राजदूत श्रीवास्तवसँग छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय राजदूत नविन श्रीवास्तवबीच भेट भएको छ। आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा कार्की र श्रीवास्तवबीच भेट भएको हो।

Tata
GBIME
Nepal Life

कार्कीले सपथग्रहणमा उपस्थित राजदूतहरुलाई भेटेकी थिइन्। त्यहाँ श्रीवास्तव पनि थिए। आज भने कार्कीले पहिलो कूटनीतिक भेट भारतीय राजदूतबाट सुरु गरेकी हुन्।

श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कार्कीलाई पठाएको बधाई सन्देश प्रदान गरेका थिए।

त्यसक्रममा राजदूत श्रीवास्तवले नेपाल र  भारतबीचको मैत्रीपूर्ण सम्बन्ध र सहयोगलाई अझ सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका थिए।

अहिले प्रधानमन्त्री सुशीला कार्कीले नै परराष्ट्र मन्त्रालय सम्हालिरहेकी छन्।

सो भेटमा अवसरमा आगामी असोज २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री कार्कीसँग टेलिफोन वार्ता गर्ने तयारी गरिएको जानकारी गराइएको थियो।