BIZMANDU
www.bizmandu.com

आगजनीमा परेको प्रहरीलाई सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग, दरबारमार्ग वृत्तलाई दियो कम्प्युटर

२०८२ भदौ ३१

आगजनीमा परेको प्रहरीलाई सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग, दरबारमार्ग वृत्तलाई दियो कम्प्युटर
आगजनीमा परेको प्रहरीलाई सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग, दरबारमार्ग वृत्तलाई दियो कम्प्युटर

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले जेनजीको आन्दोलनका क्रममा आगजनीमा परेकामध्ये एउटा प्रहरी कार्यालयलाई सहयोग गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले प्रहरी वृत्त दरबारमार्गलाई दुई थान कम्प्युटर, एउटा स्क्यानर र फोटोकपी सहितको प्रिन्टर मेसिन सहयोग गरेको हो।

बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले वृत्तका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठलाई हस्तान्तरण गरे।

प्रहरी वृत्तको कार्य सञ्चालनमा सहयोग पुगोस् भनेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको बैंकले मंगलबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

वृत्तका इन्चार्ज श्रेष्ठले आगजनीले ठूलो क्षति भएकाले आफूहरुलाई अझै धेरै सहयोग आवश्यक रहेको बताए।