BIZMANDU
www.bizmandu.com

धनुषामा लोकसेवाको कार्यालय जलाउने पक्राउ, लुटेर लगेको एसएलआरसमेत भेटियो

२०८२ भदौ ३०

धनुषामा लोकसेवाको कार्यालय जलाउने पक्राउ, लुटेर लगेको एसएलआरसमेत भेटियो
धनुषामा लोकसेवाको कार्यालय जलाउने पक्राउ, लुटेर लगेको एसएलआरसमेत भेटियो

काठमाडौं। जिल्ला प्रहरी कार्यालय धनुषाले भदौ ४२ गते लोकसेवा आयोगको कार्यालय जलाउनेलाई पक्राउ गरेको छ। विभिन्न फुटेजको विश्लेषणपछि प्रहरीले जनकपुरधाम-९ बस्ने मनिषकुमार अधिकारी र सन्तोषकुमार यादवलाई पक्राउ गरेको हो।

Tata
GBIME

उनीहरुका साथबाट एउटा एसएलआर राइफल र ५० राउण्ड गोली बरामद भएको छ। जेनजी आन्दोलन चर्किएको मौकामा गत मंगलबार बेलुका ७ बजेतिर ५०/६० जनाको संख्यामा आएको समूहले कार्यालयमा पसेर ४ वटा गाडी, ४ मोटरसाइकलसँगै तोडफोड र आगजनी गरेका थिए। कार्यालयमा पनि विध्वंस गरेका थिए।

कार्यालयमा सुरक्षार्थ खटिएको नेपाल प्रहरीको एसएलआर लुटेका थिए। उक्त समूहको भिडियो फुटेजबाट दुवैको पहिचान खुलेको हो। दुवैलाई पक्राउ गर्दा हतियार र गोली पनि बरामद भएको प्रहरीले जनाएको छ।