BIZMANDU
www.bizmandu.com

एनसेलमा लुटपाट र आगजनी गर्ने आपराधिक समूह खोज्दै प्रहरी, भिडियो फुटेज जुटाउँदै

२०८२ भदौ ३०

एनसेलमा लुटपाट र आगजनी गर्ने आपराधिक समूह खोज्दै प्रहरी, भिडियो फुटेज जुटाउँदै
The Ncell headquarters is seen severely damaged and blackened after the fire in Kathmandu, Nepal. Nepali demonstrators set parliament ablaze on September 9, while the veteran prime minister quit, as a "Gen Z" protest movement sparked by a ban on social media overtook the Himalayan nation. At least 19 people were killed during rallies a day earlier, one of the deadliest crackdowns in years which fuelled public anger.

काठमाडौं । काठमाडौंको लैनचौर स्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’मा  भदौ २४ गते भएको घटनालाई लिएर प्रहरीमा उजुरी परेको छ।

Tata
GBIME
Nepal Life

जेनजी प्रदर्शन र आन्दोलनका नाममा विभिन्न अपराधी समूहहरूले मौका छोपी कार्यालयमा तोडफोड, आगजनी र डकैतीको घटना भएको भन्दै उजुरी परेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता भएसँगै अनुसन्धान थालेको परिसरका एसपी अपिल बोहोराल बताए।

‘टोली पुगेर मुचुल्का उठाएको छ। अब थप अनुसन्धान हुन्छ,’एसपी बोहराले भने।

त्यस्तै जिल्ला प्रहरी परिसरसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि अनुसन्धान थालेको छ।

कार्यालयका विभिन्न प्रहरी अधिकृतलाई जिम्मेवारी तोकेर  सोमबार र मंगलबार निजी तथा सार्वजनिक कार्यालयमा चोरी, लुटपाट र आगजनी गर्नेलाई खोजी गर्न थालेको छ। त्यस्तै एनसेल कार्यालयमा आपराधिक गतिविधि गर्नेलाई पनि टोलीले खोजी गरिरहेको छ।

जेनजी आन्दोलनको मौका छोपेर आपराधिक समुहले कम्पनीको सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीहरूलाई एक ठाउँमा राखेर जलाउने डर धम्की दिएको कम्पनीले जानकारी दिएको छ। त्यस्तै उनीहरुलाई कोठामा थुनी भवनमा तोडफोड तथा आगजनी गर्ने कार्य गरेको जनाइएको छ।

भवनको अगाडि भागको सिसाहरू फुटाई कार्यालय भित्र प्रवेश गरी ग्राउन्ड फ्लोरमा रहेको कम्पनीको ग्राहक सेवा केन्द्र र रिसेप्सनमा रहेका कार्यालय प्रयोजनमा प्रयोग भएको उपकरणहरू तोडफोड तथा आगजनी गरेको, भवनको प्रत्येक तलामा प्रवेश गरी कार्यालयमा प्रयोग भएका प्रत्येक समानहरू तोडफोड गरेका, कम्पनीका सक्कल प्रमाणपत्र, अनुमति पत्र, जग्गाधनी  कार्यालयका महत्त्वपूर्ण अन्य कागजात आगजनी वा डकैतीका साथै नगद र कम्पनीका सेफहरू समेत लुटेर लगेका थिए।

कार्यालयको दश वटै तलामा रहेका बहुमूल्य विद्युतीय समानहरू, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेन्डर मेसिन लगायतका सम्पूर्ण कार्यालयको काममा प्रयोग हुने सामानहरू डकैती गरी लगेको, कर्मचारीहरूलाई वितरण गरेको प्रत्येक लकर फोडी ल्यापटप तथा अन्य व्यक्तिगत सामान तथा गहनाहरू डकैती गरेको, मिटिङ हलमा रहेको टिभी, मोनिटरहरु तथा भवनको दोस्रो तलामा रहेको फिटनेसका सामानहरू  बाहिर फालि केही उपकरण आगजनी गरी र अधिकांश उपकरणहरू डकैती गरी झिकेर लगेको कम्पनीको दाबी रहेको छ।

भवनमा रहेका  गाडीहरुको साँचो भेहिकल रूमबाट नियन्त्रणमा लिई पालै पालो गरी भवनको आँगनमा ल्याई जलाएको र केही सवारी साधन भवनको कम्पाउन्ड बाहिर बाटोमा ल्याई आगो लगाई पूर्ण रुपमा ध्वस्त गरेको भिडियो सार्वजनिक भएक छन्। 

प्रहरीमा दिइएको उजुरी अनुसार कम्पनीले घटनामा पुगेको क्षतिको विवरण तथा लुटिएका सम्पत्तिको सूची प्रहरीलाई उपलब्ध गराएको छ।