BIZMANDU
www.bizmandu.com

बीमा प्राधिकरणले बीमितलाई भन्यो- इन्स्योरेन्स कम्पनीले सर्त अुनसार दाबी भुक्तानी नगरे उजुरी दिनू

२०८२ भदौ ३०

बीमा प्राधिकरणले बीमितलाई भन्यो- इन्स्योरेन्स कम्पनीले सर्त अुनसार दाबी भुक्तानी नगरे उजुरी दिनू
बीमा प्राधिकरणले बीमितलाई भन्यो- इन्स्योरेन्स कम्पनीले सर्त अुनसार दाबी भुक्तानी नगरे उजुरी दिनू


काठमाडौं। नेपाल बीमा प्राधिकरणले जेनजीको आन्दोलनबाट भएको क्षतिमा इन्स्योरेन्स कम्पनीले पोलिसीमा उल्लेख भएका सर्त अनुसार दाबी भुक्तानी नदिए उजुरी दिन बीमितलाई आग्रह गरेको छ।

Tata
GBIME

प्राधिकरणले सूचना निकाल्दै बीमा लेखमा उल्लेख भएको सर्त अनुसार कम्पनीले दाबी भुक्तानी नगरेमा आफूकहाँ उजुरी गर्न भनेको हो।

‘बीमा कम्पनीले बीमा लेखमा उल्लेखित अवधिभित्र बीमा दाबी भुक्तानी नगरेमा, दायित्व निर्धारण नगरेमा वा बीमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा सम्बन्धित बीमितले नेपाल बीमा प्राधिकरण समक्ष उजुरी गर्न सक्ने बेहोरा समेत अनुरोध गरिन्छ,’ प्राधिकरणले भनेको छ, ‘मिति २०८२ भदौ २३ र २४ गते उत्पन्न विषम परिस्थितिबाट जनधनको क्षति भएका बीमितहरुलाई बीमा लेखको सर्त बमोजिम दाबी भुक्तानी पाइने कानुनी व्यवस्था भएकोले आवश्यक कागजातसहित सम्बन्धित बीमा कम्पनीमा बीमा दाबी गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ।’

जेनजी आन्दोलनका क्रममा सरकारीसँगै निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ। अराजक समूहले व्यावसायिक प्रतिष्ठान, मिडिया हाउस र व्यक्तिका घर समेत तोडफोड र आगजनी गरी ध्वस्त बनाएको छ।

सम्पत्तिमा क्षति पुगेकाहरुबाट दाबी आउने क्रम जारी रहेको बीमकहरुले बताएका छन्। आन्दोलनबाट कति क्षति भयो भन्ने यकिन विवरण अहिलेसम्म आएको छैन। प्राधिकरणले इन्स्योरेन्सहरुलाई बोलाएर दाबी भुक्तानी छिटो गर्न निर्देशन दिएको छ।

क्षतिकाो सिफारिका लागि आवश्यक पर्ने वडा कार्यालय तथा प्रहरी कार्यालयमा समेत आगजनी भएका कारण क्षति मूल्यांकनमा ढिलाइ भएको बीमकहरुले बताएका छन्। कम्पनीहरुले बीमितबाट दाबी आएका स्थानमा सर्भेयरहरु खटाउन थालेका छन्।