काठमाडौं। वेस्ट इण्डिजविरुद्धको टी-२० सिरिजका लागि १६ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ। यूएईमा हुने नेपाल र वेस्ट इण्डिजबीचको सिरिजलाई युनिटी कप नाम दिइएको छ।
नेपाली टोलीमा मोहम्मद आदिल आलम र सुन्दीप जोराले पुनरागमन गरेका छन्। भारतको गुवाहटीमा सम्पन्न नेपाल ‘ए’ र आसाम स्टेट टोलीबीचको सिरिजमा यी दुईले राम्रो प्रदर्शन गरेका थिए।
टेस्ट टोलीसँग नेपालले यो पहिलो पटक बाइल्याट्रल सिरिज खेल्न लागेको हो। सिरिजका खेल असोज ११, १३ र १४ गते हुनेछ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उप-कप्तान), आशिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, मोहम्मद आदिल अन्सारी, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुल्सन झा, ललितनारायण राजवंशी, सोमपाल कामी, शहाब आलम