काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई रोजेकी छन्।
कार्कीको सिफारिसमा सविता महान्यायाधिवक्ता नियुक्त भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सवितालाई महान्यायाधिवक्ता नियुक्त गरेका छन्।
भण्डारीले यसअघि राष्ट्रिय सूचना आयोगको आयुक्तका रुपमा काम गरेकी थिइन्। उनी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
यसअघिका महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति पौडेलले आइतबार अपराह्न स्वीकृत गरेका थिए।