काठमाडौं। नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रले प्रतिनिधि सभा विघटनप्रति विरोध जनाएका छन्। एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा विघटनप्रति आपत्ति जनाएका छन्।
नेकपा (माओवादी केन्द्र) का पदाधिकारीहरुको भर्चुअल बैठकले प्रतिनिधि सभा विघटनप्रति सहमति रहेको निर्णय गरेको छ।
‘वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रुपमा असहमति रहेको छ,’ माओवादी केन्द्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
६ महिनामा चुनाव गराउनेगरी पूर्व प्रधानन्यायधीश सुशीला कार्कीलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेपछि दुई दलले विरोध गरेका हुन्। जेनजी आन्दोलनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो।