काठमाडौं। भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीसहित नागरिकहरूको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
आर्यघाटमा परिवारका सदस्य, आफन्त र नजिकका साथीहरू उपस्थित थिए। शवलाई दाहसंस्कार गर्दा आर्यघाटभर रुवाबासी चलेको थियो।


जेनजीले सुरु गरेको प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर र भोलिपल्ट भएको आगजनीमा परी ५० जनाभन्दा बढीले ज्यान गुमाएका थिए। आन्दोलनले लिएको हिंसात्मक रूपका कारण मानवीय क्षतिसँगै सार्वजनिक र निजी सम्पत्तिमा पनि ठूलो क्षति पुगेको छ।

अन्त्येष्टि कार्यक्रममा उपस्थितहरूका अनुहारमा पीडा र शोकको मिश्रित भाव देखिन्थ्यो। मृतकको आत्माको चिरशान्तिको कामना गर्दै आफन्तहरूले न्याय र शान्ति स्थापना गर्न माग गरे। आन्दोलनमा भएको ठूलो जनधनको क्षतिले देश शोकमा डुबेको छ।




