काठमाडौं । जेनजी प्रर्दशनको क्रममा मौका छोपेर लुटपाट र चोरी गर्नेहरुको कुनै पनि जानकारी भए उपलब्ध गराउन प्रहरीले अनुरोध गरेको छ।
त्यस्तै, आगजनी गर्नेहरुको पनि तस्वीर, भिडियो र सामाजिक सञ्जालको लिंक छ भने त्यो पनि उपलब्ध गराउन अनुरोध गरिएको छ।
प्रर्दशनको क्रममा निजी तथा सरकारी भवनमा करौडौंको रकम र सामाग्री लुटपात गरेर लगिएको छ। जस्तै भिडको आडमा नेपाल प्रहरीको हतियार, पोसाक समेत लगिएको थियो।
प्रहरीले सामाजिक संजालमा रहेको भिडियो र पोस्टहरु हेरेर अनुसन्धान सुरु गरिसकेको छ। सामाजिक संजालमा पनि उनीहरुको तस्विर सेयर गर्न सुरु भइसकेको छ।
यसअघि दुर्गा प्रसाईंले गरेको आन्दोलनमा पनि भाटभटेनीमा लुटपात हुँदै प्रहरीले सामाजिक संजालको भिडियो हेरेर अनुसन्धान गरेको थियो। त्यसक्रममा केही व्यक्तिहरु पक्राउ परेका थिए।