BIZMANDU
www.bizmandu.com

प्रदर्शनकारीले जलाएको घरबाट १८ शव फेला, सोमबारदेखि मृत्यु हुनेको संख्या ३ प्रहरीसहित ५१ पुग्यो

२०८२ भदौ २७

प्रदर्शनकारीले जलाएको घरबाट १८ शव फेला, सोमबारदेखि मृत्यु हुनेको संख्या ३ प्रहरीसहित ५१ पुग्यो
प्रदर्शनकारीले जलाएको घरबाट १८ शव फेला, सोमबारदेखि मृत्यु हुनेको संख्या ३ प्रहरीसहित ५१ पुग्यो

काठमाडौं । प्रदर्शनमा गोली लागेका, विभिन्न झडप र जलेर गरेर अहिलेसम्म मृत्यु हुनेको संख्या ५१ पुगेको छ।

Tata
GBIME
Nepal Life

नेपाल प्रहरीका अनुसार प्रहरीसहित ५१ जनाको मृत्यु पुष्टि गरिएको छ। जसमा २१ जना प्रदर्शनमा गोली लागेर मृत्यु भएका छन्। १८ जनाको शव विभिन्न जलाइएका घरभित्र भेटिएको हो। प्रर्दशनमा ३ जना प्रहरी समेत मारिएका थिए।

त्यस्तै, बाँकी ९ जना विभिन्न कारागारमा कैदीबीच झडप हुँदा मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विनोद घिमिरेले बताए।

रामेछाप, धादिङ र बाँके कारागारमा झडप हुँदा ९ जनाको मृत्यु भएको थियो।

देशभर भएको घटनामा मृतकको संख्या बढ्दो छ। प्रदर्शनकारी उग्र हुँदै तोडफोड र आगजनीमा उत्रिँदा थप मानवीय क्षति भएको हो।

प्रहरीमाथि सार्वजनिक र निजी सम्पत्ति जलाउने खोजेर पक्राउ गर्नुपर्ने दबाब बढेको छ।