BIZMANDU
www.bizmandu.com

गगनले भने- जेनजीको माग अनुसार अन्तरिम सरकार गठन हुन्छ, यो विषय साँझसम्म टुंगिन्छ

२०८२ भदौ २७

गगनले भने- जेनजीको माग अनुसार अन्तरिम सरकार गठन हुन्छ, यो विषय साँझसम्म टुंगिन्छ
गगनले भने- जेनजीको माग अनुसार अन्तरिम सरकार गठन हुन्छ, यो विषय साँझसम्म टुंगिन्छ

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अन्तरिम सरकार गठनको विषय आज साँझसम्म टुंगिने बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले शुक्रबार पार्टी कार्यकर्ताका नामममा भिडिओ सन्देश जारी गर्दै जेनजीको माग अनुसार अन्रिम सरकार गठनका लागि कांग्रेसले वातावरण बनाइरहेको बताएका हुन्।

‘तत्कालको राजनीतिक निकास के हो? यसका लागि हामीले हरसम्भव प्रयास गरिरहेका छौं। सबै पक्षसँग सम्वाद गरिरहेका छौं,’ उनले भनेका छन्, ‘हामी प्रष्ट छौं- जेनजीका माग सम्बोधन गरेर मात्र देश अगाडि बढ्छ। अन्तरिम सरकार बनाउने कुरा छ। आज साँझसम्म टुंगिएला। आन्दोलनकारीले छानेको व्यक्तिको नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार मात्र होइन यसका निम्ति वातावरण पनि बनाइरहेको छ।’

गगनले अब गठन हुने अन्तरिम सरकारलाई कांग्रेसले संविधानसँग जोड्न चाहेको बताए। ‘यो सरकारलाई हामी संविधानसँग जोड्न चाहन्छौं। संविधान जोगाउने जिम्मेवारी हाम्रो हो,’ उनले भने।

गगनले भदौ २३ र २४ गतेको घटनाले मानवीय र भौतिक क्षतिका साथै मन पनि फाटेकाले त्यसलाई जोड्ने काम कामको नेतृत्व कांग्रेसले गर्ने बताए।

‘घर र कार्यालय मात्र झोसिएका छैनन्, मन पनि फाटेको छ। यसलाई जोड्ने काम कसले गर्छ? खर्बौंको सम्पत्ति क्षति भएको छ। पुनर्निर्माण गर्नुपर्नेछ। यसको पहलकदमी कसले लिन्छ? हामीले गर्नुपर्नेछ,’ उनले भने, ‘२०६०/६१ मा घाउचोटलाई बिर्सेर माओवादीसँग हात मिलायौं। फेरि नेपाललाई यस्तै सबैलाई जोड्ने पहलकदमी चाहिएको छ। जो जहाँ हुनुहुन्छ सबैलाई जोड्ने पहलकदमी लिन आह्वान गर्छु। उत्तेजना फैलाउनतिर नलागौं।’