BIZMANDU
www.bizmandu.com

भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिइँदै, भारतीय सीमामा पुगेकालाई फर्काइयो

२०८२ भदौ २६

भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिइँदै, भारतीय सीमामा पुगेकालाई फर्काइयो
भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिइँदै, भारतीय सीमामा पुगेकालाई फर्काइयो

काठमाडौं। विभिन्न कारागारबाट भागेका कैदीहरुलाई नेपाली सेनाको टोलीले नियन्त्रणमा लिन सुरु गरेको छ। सप्तरीको राजविराजस्थित कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ।

Tata
GBIME
Nepal Life

त्यस्तै कञ्चनपुरको चाँदनीमा भारतीय सीमा सुरक्षा बलले भारततर्फ जाँदै गरेका ७ जना कैदीहरूलाई नियन्त्रणमा लिई नेपाली सेनालाई बुझाएको छ।

त्यस्तै स्थानीयले पनि कैदीलाई नियन्त्रणमा लिएर सुरक्षा निकायलाई बुझाएका छन्। त्यस्तै अहिलेसम्म १२ जना कैदी आफैं फर्किएर कारागारमा हाजिर हुन पुगेका छन्।

रामेछाप कारागारमा कैदीहरूले बाहिर जान पाउनुपर्ने भन्दै गरेको झडपलाई नियन्त्रणमा लिनको लागि नेपाली सेनाले चलाएको गोली लग्दा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

अहिलेसम्म १३ हजारभन्दा बढी कैदीबन्दी भागेका छन्। १ हजार ४ सय ५५ जना पक्राउ परेका छन्। अन्यको खोजी भइरहेको छ।