BIZMANDU
www.bizmandu.com

काठमाडौंको भित्री सहरको अवस्था : असन इन्द्रचोक खुल्ला हुँदा न्यूरोड सुनसान

२०८२ भदौ २६

काठमाडौंको भित्री सहरको अवस्था : असन इन्द्रचोक खुल्ला हुँदा न्यूरोड सुनसान
काठमाडौंको भित्री सहरको अवस्था : असन इन्द्रचोक खुल्ला हुँदा न्यूरोड सुनसान

काठमाडौं । जेनजी प्रदर्शनका कारण ठप्प भएको व्यापार व्यवसाय आजबाट खुल्न थालेका छन्। काठमाडौंको भित्री सहरमा निषेधाज्ञा र कर्फ्यूको प्रभाव अन्य स्थानमा भने कम देखिएको हो।

Tata
GBIME
Nepal Life

आज इन्द्रजात्राको अन्तिम दिन हो। आज रथ नतानी इन्द्रजात्रा सकाउने तयारी छ। असन, इन्द्रचोक, वसन्तपुर क्षेत्रमा बिहानैदेखि फुटपाथ व्यवसाय खुलेको थियो। तरकारी र फलफूल किन्न मानिसको भिड थियो।

यता न्यूरोड भने बन्द छ। यस्तै, खिचापोखरी र सुनधारा क्षेत्र पनि खुलेको छैन। त्यहाँ फाट्टफुट्ट मात्र पसल खुलेका छन्।

भित्री सहर सामन्यकरण हुँदै गर्दा घुम्न निस्कनेको संख्या पनि बढ्दो छ।

खिचापोखरी
न्यूरोड
इन्द्रचोक
जैसीदेवल