BIZMANDU
www.bizmandu.com

ओलीको राजीनामापछि शान्तिपूर्ण समाधान खोज्न प्रधानसेनापति र मुख्यसचिवसहितले गरे अपील

२०८२ भदौ २४

ओलीको राजीनामापछि शान्तिपूर्ण समाधान खोज्न  प्रधानसेनापति र मुख्यसचिवसहितले गरे अपील
ओलीको राजीनामापछि शान्तिपूर्ण समाधान खोज्न प्रधानसेनापति र मुख्यसचिवसहितले गरे अपील

काठमाडौं। प्रधानसेनापति र मुख्यसचिवसहितले राजनीतिक संवादमार्फत् शान्तिपूर्ण समाधान निकाल्न आह्वान गरेका छन्।

Tata
GBIME
Nepal Life

मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले मंगलबार संयुक्त रुपमा अपील जारी गर्दै राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न आग्रह गरेका हुन्।

उनीहरुले जनधनको थप क्षति हुन नदिन पनि सबैसँग आग्रह गरेका छन्।

‘प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत समेत भएको हुँदा यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौं। राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछौं,’ उनीहरुले भनेका छन्।