BIZMANDU
www.bizmandu.com

१३ कम्पनी सार्वजनिक खरिदको कालोसूचीमा, एकदेखि तीन वर्षसम्मको कार्बाही

२०८२ भदौ २४

१३ कम्पनी सार्वजनिक खरिदको कालोसूचीमा, एकदेखि तीन वर्षसम्मको कार्बाही
१३ कम्पनी सार्वजनिक खरिदको कालोसूचीमा, एकदेखि तीन वर्षसम्मको कार्बाही

काठमाडौं। ठेक्का लिएर सम्झौताको सर्तअनुसार काम नगरेका १३ वटा निर्माण कम्पनी तथा व्यावसायिक फर्मलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। कार्बाहीमा पर्नेमा अधिकांश निर्माण कम्पनी छन्।

Tata
GBIME
Nepal Life

पर्साको एनके कन्स्ट्रक्सन, गुल्मीको एसडी बिल्डर्स र विराटनगरको जय मयुरी ट्रेडिङ एक वर्षका लागि कार्बाहीमा परेका छन्। वीरगंजको जीबी मेटल डेढ वर्षको कार्बाहीमा परेको छ। कृषि सामाग्री कम्पनीको सिफारिसमा सिल्क सिनोम्याक ग्लोबल म्याटिक विध जेभी तीन वर्षका लागि कालोसूचीमा परेको छ। यो जेभीमा सिल्क मार्केट प्रालि, सिनोम्याक-हाइ शांघाइ इन्टरनेशनल ट्रेड कम्पनी, ग्लोम्याटिक्स ट्रेडिङ, विध म्यानेजमेन्ट लगायतका चार कम्पनी छन्।

नयाँ बानेश्वर कार्यालय रहेको लुम्बिनी-गणपति जेबी दुई वर्षका लागि कालोसूचीमा परेको छ। रुपन्देहीको लुम्बिनी बिल्डर्स र काठमाडौंको गणपति ग्रुप अफ कन्स्ट्रक्सनले मिलेर लिएको ठेक्कामा सम्झौता अनुसार काम नगर्दा भौतिक पूर्वाधार मन्त्रालयको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरी र डिभिजन सडक झापाले कार्बाहीका लागि लेखिपठाएका हुन्।

यस्तै प्रवेश वशिष्ठ शुभनारायण जेभी एक वर्षका लागि कार्बाहीमा परेको छ। प्रवेश निर्माण सेवा, वशिष्ठ निर्माण सेवा र शुभनारायण निर्माण सेवाको यो जेभीलाई कार्बाही गर्न जिल्ला समन्वय समितिको कार्यालय गुल्मीले लेखिपठाएको सार्वजनिक खरिदको मंगलबारको सूचनामा छ।

कार्बाहीमा परेका कम्पनी तथा फर्मले रोक्का गरिएको अवधिसम्म सार्वजनिक खरिदका कारवाहीमा सहभागी हुन पाउँदैनन्।