BIZMANDU
www.bizmandu.com

काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमान्डमा एआइजी दानबहादुर कार्की

२०८२ भदौ २४

काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमान्डमा एआइजी दानबहादुर कार्की
काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमान्डमा एआइजी दानबहादुर कार्की

काठमाडौं। काठमाडौं प्रहरी कार्यालयको जिम्मेवारी एआइजी दानबहादुर कार्कीलाई दिइएको छ।

Tata
GBIME
Nepal Life

भदौ १८ गतेदेखि एआइजी टेकबहादुर तामाङ अवकास भएपछि कार्यालय प्रमुख बिहिन रहेको थियो। सोमबार नयाँ बानेश्वरमा भएको घटनामा प्रमुख नहुँदा पनि केही समस्या देखिएको थियो। काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लामा कर्फ्यु लगाइएको छ। त्यसैले तत्कालै कार्कीलाई कार्यालयको जिम्मेवारी दिएको हो।

कार्की एआजीमा बढुवा भएपछि मानवश्रोत विकास विभागका कार्यरत थिए। उनीसँग जिल्ला प्रहरी परिसर काठमडौंको प्रमुखको अनुभव पनि रहेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान हुँदा उनी परिसरमा नै कार्यरत रहेका थिए।