BIZMANDU
www.bizmandu.com

ओलीको ब्रिफिङ,’जेन-जीले यस्तो गर्न सक्दैनन्, शन्तिपूर्ण होला भन्ने सोचेको हो’

२०८२ भदौ २३

ओलीको ब्रिफिङ,’जेन-जीले यस्तो गर्न सक्दैनन्, शन्तिपूर्ण होला भन्ने सोचेको हो’
ओलीको ब्रिफिङ,’जेन-जीले यस्तो गर्न सक्दैनन्, शन्तिपूर्ण होला भन्ने सोचेको हो’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीले गरेको प्रदर्शन हिंसात्मक बनेको विषयमा मन्त्रिपरिषदमा सामान्य ब्रिफिङ गरेका छन्। ओलीले आफूलाई प्रदर्शन हिंसात्मक होला भन्ने नै नलागेको बताए।

Tata
GBIME
Nepal Life

ब्रिफिङका क्रममा ओलीले जनजीले यस्तो आन्दोलन गर्नै नसक्ने भन्दै अराजक मानिस घुसेको हुनसक्ने बताए। ‘मैले त शान्तिपूर्ण नै हुन्छ होला भनेर सोचेको थिए। तर यस्तो भयो। जेनजीले त यस्तो गर्नै सक्दैनन्। कसले गर्‍यो? यो अकल्पनीय भयो भनेर प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको छ,’ एक मन्त्रीले भने।

सरकारले परिस्थितिलाई नियन्त्रणमा लिने पनि मन्त्रीहरुलाई ओलीले बताएका थिए। घटनामा जेनजीबाहेकको संलग्नताबारे खोजिने पनि ओलीले बताएका छन्।