BIZMANDU
www.bizmandu.com

बालुवाटारमा सुरक्षा परिषद्को बैठकमार्फत प्रहरी र सेनाबाट ओलीले लिए ब्रिफिङ

२०८२ भदौ २३

बालुवाटारमा सुरक्षा परिषद्को बैठकमार्फत प्रहरी र सेनाबाट ओलीले लिए ब्रिफिङ
बालुवाटारमा सुरक्षा परिषद्को बैठकमार्फत प्रहरी र सेनाबाट ओलीले लिए ब्रिफिङ

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक राखेर ब्रिफिङ लिइरहेका छन्। जेनजीको आन्दोलनबारे सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग ब्रिफिङ लिएका हुन्।

Tata
GBIME
Nepal Life

६ बजे बस्ने मन्त्रिपरिषद्को बैठकअघि ओलीले गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु देउवा लगायतलाई बोलाएर बैठक राखेको ओलीको सचिवालयले जनाएको छ।

राष्ट्रिय सुरक्षा परिषद्‍मा रक्षामन्त्री, अर्थमन्त्री र मुख्यसचिव लगायत पनि सदस्य छन्। लगत्तै ६ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तयारी छ।