BIZMANDU
www.bizmandu.com

विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

२०८२ भदौ २३

विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह
विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीहरुलाई विद्यालयमै ‘होल्ड’ गर्न भनेको छ। आजको प्रदर्शन उग्र बनेर सरकारले काठमाडौं महानगरपालिका भित्रका विभिन्न स्थानमा कर्फ्यू लगाएसँगै विद्यार्थीहरुलाई तत्काल नछोड्न आग्रह गरेको हो।

Tata
GBIME
Nepal Life

कर्फ्यू लगाएपछि विद्यालयमा रहेका विद्यार्थीलाई केही समय विद्यालयमा राख्न भनिएको हो। अवस्था हेरेर विद्यालयका बसलाई निकाल्ने व्यवस्था मिलाउने काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए।

‘अहिले हामीले विद्यालयका बसलाई हिँड्न अनुमति दिएका छैनौं। केही समयपछि अवस्था हेरेर विद्यालयबाट निक्लिनको लागि समय दिन्छौं,’ रिजालले भने।

त्यस्तै, विभिन्न कार्यालयहरुमा गएका कर्मचारीहरुलाई पनि तत्काल कार्यालय भन्दा बाहिर नआउन भनिएको छ। अवस्था हेरेर उनीहरुलाई घर घरसम्म पुग्ने व्यवस्था मिलाउने जानकारी रिजालले दिए।

सोमबार जेनजी पुस्ताले गरेको प्रर्दशनलाई नियन्त्रणमा लिन प्रसाशनले कर्फ्यू जारी गरेको छ। प्रहरीको गोली लागेर केही मानिस घाइतेसमेत भएका छन्।