BIZMANDU
www.bizmandu.com

डलरसँगै बढ्यो युरो र पाउण्डको विनिमय दर, अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझ उच्च

२०८२ भदौ २१

डलरसँगै बढ्यो युरो र पाउण्डको विनिमय दर, अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझ उच्च
डलरसँगै बढ्यो युरो र पाउण्डको विनिमय दर, अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझ उच्च

काठमाडौं। अमेरिकी डलरसँगै युरो र पाउण्डको विनिमय दर बढेको छ। शनिबार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार मूल्य पनि अझ उच्च भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको खरिद दर १४० रुपैयाँ ९३ पैसा र बिक्री दर १४१ रुपैयाँ ५३ पैसा पुगेको छ। शुक्रबार खरिद दर १४० रुपैयाँ ७४ पैसा र बिक्री दर १४१ रुपैयाँ १४ पैसा थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस ३५८६.७६ डलर पुगेको छ भने चाँदी ४१.०१ डलर ले किनबेच भइरहेको छ। सुनको मूल्यमा एकै दिन ३७.४६ डलरको बढोत्तरी भएको हो।

युरोपियन युरोको खरिद दर १६४ रुपैयाँ ६६ पैसा र बिक्री दर १६५ रुपैयाँ ३६ पैसा भएको छ। शुक्रबार खरिद दर १६३ रुपैयाँ ८७ पैसा र बिक्री दर १६४ रुपैयाँ ५७ पैसा थियो। पाउण्ड स्टर्लिङको खरिद दर १८९ रुपैयाँ ९२ पैसा र बिक्री दर १९० रुपैयाँ ७३ पैसा भएको छ। शुक्रबार खरिद दर १८९ रुपैयाँ ०८ पैसा र बिक्री दर १८९ रुपैयाँ ८९ पैसा थियो।

स्वीस फ्रयांकको खरिद दर १७५ रुपैयाँ ४० पैसा र बिक्री दर १७५ रुपैयाँ १४ पैसा भएको छ। शुक्रबार खरिद दर १७४ रुपैयाँ ६८ पैसा र बिक्री दर १७५ रुपैयाँ ४३ पैसा थियो। अष्ट्रेलियन डलरको खरिद दर ९२ रुपैयाँ २२ पैसा र बिक्री दर ९२ रुपैयाँ ६२ पैसा भएको छ। शुक्रबार खरिद दर ९१ रुपैयाँ ७३ पैसा र बिक्री दर ९२ रुपैयाँ १३ पैसा थियो।

क्यानेडियन डलर, सिंगापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, थाइ भाट, यूएई दिराम, मलेसियन रिंगेट, कोरियन वोन, स्वीडिश क्रोनर, डेनिश क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहरेन दिनार, ओमानी रियाल लगायत सबैजसोमा बढोत्तरी छ।

यस्तो छ आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर१४०.९३१४१.५३
युरोपियन युरो१६४.६६१६५.३६
पाउण्ड स्टर्लिङ१८९.९२१९०.७३
स्वीस फ्रयांक१७५.४०१७६.१४
अष्ट्रेलियन डलर९२.२२९२.६२
क्यानेडियन डलर१०२.१६१०२.५९
सिंगापुर डलर१०९.५२१०९.९८
जापानी येन१०९.५१९.५५
चिनियाँ युआन१९.७४१९.८३
साउदी रियाल३७.५६३७.७२
कतारी रियाल३८.६७३८.८३
थाइ भाट४.३८४.४०
यूएई दिराम३८.३७३८.५३
मलेसियन रिंगेट३३.३६३३.५०
कोरियन वोन१००१०.१३१०.१८
स्वीडिश क्रोनर१४.९७१५.०३
डेनिश क्रोनर२२.०६२२.१५
हङकङ डलर१८.०५१८.१४
कुवेती दिनार४६१.०१४६२.९७
बहरेन दिनार३७३.८१३७५.४१
ओमानी रियाल३६६.०६३६७.६२
स्रोत : नेपाल राष्ट्र बैंक